सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति दिन ५० लाख « Khabarhub

सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति दिन ५० लाख


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले ५० लाख रुपैयाँ छुट्याएको छ ।

सिसडोलमा लामो समयसम्म फोहर थुपारिँदा प्रत्यक्ष्य रुपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ ।

विगत वर्षमा राहत कोषमार्फत सहयोग गर्दै आएको कामपाले यस वर्षदेखि ५० लाख रुपैयाँको वार्षिक बजेटमा नै समावेश गरेको छ । यस वर्षदेखि पीडित परिवारका पढ्न चाहने विद्यार्थीलाई कामपाले काठमाडौँमा नै ल्याएर पठनपाठनको व्यवस्था गर्नेछ ।

यसरी प्रभावित स्थानबाट ल्याइएका बालबालिकालाई विद्यालयस्तर सम्मको शिक्षा पूरा गरिदिने कामपाको नीति रहेको छ । यसरी छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीमा सिसडोलमा थुपारिएका फोहर सङ्कलन गर्न जाँदा ज्यान गुमाएका अभिभावकका छोराछोरी तथा फोहर बोकेर गएको गाडीको दुर्घटनामा परी ज्यान गुमाउनेको छोराछोरी रहने छन् ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख कपरकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा राहत कोषमार्फत अध्ययन गर्नेहरुमा दुई जना छन् ।

हरेक वर्ष पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न थप समस्या हुने गरेका भए पनि अहिले नियमित फोहर व्यवस्थापन भएको दाबी छ । केही स्थानमा फोहर उठेको छैन भन्ने जनगुनासो आएपनि सबै स्थानमा फोहर उठेको कामपाको भनाइ छ ।

“अन्य समयमा भन्दा वर्षादको समयको फोहर बढी उत्पादन हुने र समयसमयमा बाटो बिग्रने हुँदा कहिलेकाहीँ समस्या आए पनि अहिले समस्या छैन”, वातारण विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।

यदि कही फोहर नउठेको भए कामपाको हटलाइन नं १११८ मा फोन गर्न पनि विभागले आग्रह गरेको छ । समस्या फोहर लानका लागि मात्रै होइन व्यवस्थापनको पनि उत्तिकै छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल फोहर विसर्जन हुँदै आएको छ ।

सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ ।

यही असारदेखि फोहर कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणको कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । लामो समयदेखि काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षातको समयमा फोहर विसर्जन कार्य समयास्याको विषय बन्दै आएको छ ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन ।

उपत्यकाको अठार स्थानीय तहबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ३ : १५ बजे

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै