दलित अभियानकर्मी पक्राउको निन्दा, निःशर्त रिहाइको माग « Khabarhub

दलित अभियानकर्मी पक्राउको निन्दा, निःशर्त रिहाइको माग


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राजनीतिक दलित संघर्ष समितिले अभियन्ता हरि नेपालीलाई निःसर्त रिहाइको माग गरेको छ ।

नेपाली कांग्रेस, जनता समाजवादी, साझा पार्टी लगायत एक दर्जन दलहरू आबद्ध संघर्ष समितिले आन्दोलनको घटक संगठनका अभियन्ता हरि नेपालीलाई बिना पूर्जी प्रहरीले पक्राउ गरेको कदमको निन्दा गर्दै रिहाइको माग गरेको हो ।

नेपाली दलित मुक्ति मोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य हुन् । उनलाई प्रहरीले यही साउन ४ गते संघर्ष समितिले आयोजना गरेको एक अन्तक्रिया कार्यक्रमस्थलबाट पक्राउ गरेको थियो ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको तर्फबाट संसाद डा. मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा नेपालीलाई विनापुर्जी पक्राउ गरेको जनाइएको छ ।

साउन ४ गते संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौं र दलित नागरिक समाजको संयुक्त आयोजनामा रुकुम–सोती नरसंहार लगायत देशैभरि दलित समुदायमाथि भइरहेको हत्या, हिंसा, छुवाछुत र जातीय विभेदका विषयमा काठमाडौंमा अन्तक्रिया आयोजना गरिएको थियो ।

कार्यक्रममा विषयमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा प्रमुख अतिथि थिए । अन्तक्रिया समापनलगत्तै आयोजक समितिको घटक संगठनका सदस्य नेपालीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिले घटना निन्दा गर्दै घोर भत्र्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दलित समुदायमाथि देशैभरि भइरहेको हत्या, हिंसा र विभेदविरुद्ध शान्तिपूर्णरूपमा आन्दोलित अभियन्तालाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दलित समुदायमाथिको अत्यन्त अनुदार व्यवहार हो भन्ने समितिको ठहर छ ।’

संयुक्त राजनीतिक दलित संघर्ष समितिमा नेपाल दलित संघ, संघीय दलित मुक्ति महासंघ, दलित मुक्ति मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र, जातीयय समता समाज, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल संलग्न छन् ।

यसैगरी, साझा सामाजिक न्याय, संयुक्त दलित अधिकार मञ्च नेपाल, संघीय दलित शिल्पी मञ्च, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संघ, राष्ट्रिय दलित मोर्चा र विभेद मुक्ति प्रगतीशील समाज पनि समितिमा आबद्ध छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ३ : २१ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित