नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुग्यो


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको मन्त्रालयले जानकारी दिएको छ । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ ।

२५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : २९ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद