कालीगण्डकीमा बन्यो संसारकै लामो झलुङ्गे पुल « Khabarhub

कालीगण्डकीमा बन्यो संसारकै लामो झलुङ्गे पुल

गिनिज बुकमा नाम लेखाइँदै



बाग्लुङ । गण्डकी प्रदेशको बाग्लुङस्थित कालीगण्डकी नदीमा संसारकै लामो झलुङ्गे पुल निर्माण गरिएको छ । बाग्लुङ र पर्वतको कुश्मा जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ ।

सिङ्गल स्पानको यो पुललाई संसारकै लामो दाबी गर्दै ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा दर्ता गराउने तयारी छ ।

विश्वकै लामो दाबी गरिएको यो पुलको आवश्यक तथ्याङ्क जाँचका लागि तथ्याङ्क विभागमा पठाइइएको बाग्लुङ नगरपालिकाका सूचना अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।

अहिलेसम्म सिङ्गल स्पानको ४ सय ९७ मिटर लामो पुल स्वीट्जरल्याण्डमा रहेको रेकर्ड छ । सो रेकर्डलाई तोड्दै सबैभन्दा लामो पुल भनी यो पुललाई गिनिज बुकमा लेखाउने तयारी गरिएको हो ।

नाप जाँच र प्राविधिक मुल्यांकन हुँदै

नाप जाँच तथा प्राविधिक मुल्यांकन लगायतका काम भइरहेको र सबै प्रक्रिया पूरा भएपछि गिनिज बुक रेकर्डमा दर्ता गराउनका लागि मन्त्रालयमार्फत पत्र पठाइने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

थानी/विएलटि/हिमशिखर जेभी निर्माण कम्पनीले सात करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको यो पुलको लागत ९ करोड २५ लाख लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले बताए ।

सबैभन्दा लामो यो झलुङ्गे पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको छ ।

वि.सं.२०७५ चैतमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरी यो पुलको निर्माण शुरु गरिएको थियो ।

पुल निर्माणको केही कामहरु बाँकी रहे पनि मानिसहरुको आवतजावत नरोकिएकाले खुला गरिदिएको निर्माण कम्पनीले जनाएको छ । पुलको औपचारिक रुपमा हस्तान्तरण गर्न भने बाँकी रहेको छ ।

‘सिङ्गल स्पान’ प्रकृतिका झोलुङ्गे पुलमध्ये यो संसारकै लामो पुल भएको बाग्लुङ नगरपालिकाका प्रमुख पौडेलले दाबी गरे । यो पुलले दुई जिल्लाका पर्यटन तथा आर्थिक विकासमा पनि टेवा पुग्ने पौडेलले विश्वास ब्यक्त गरे ।

अब बाग्लुङबाट १५ मिनेटमै पाङ्

यो पुल निर्माण भएसँगै बागलुङ बजारबाट अब १५ मिनेट पैदल दुरीमा नै पर्वतको कुश्मा कुश्मा नगरपालिका– १ पाङ पुग्न सकिने भएको छ । पुल नहुँदा घुमाउरो बाटो झण्डै डेढ घण्टा पैदल हिड्नुपर्दथ्यो ।

८५ मेट्रिक टन क्षमताको यो पुलको लाइफलाइन ५० वर्ष रहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : २० बजे

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री