कालीगण्डकीमा बन्यो संसारकै लामो झलुङ्गे पुल « Khabarhub

कालीगण्डकीमा बन्यो संसारकै लामो झलुङ्गे पुल

गिनिज बुकमा नाम लेखाइँदै



बाग्लुङ । गण्डकी प्रदेशको बाग्लुङस्थित कालीगण्डकी नदीमा संसारकै लामो झलुङ्गे पुल निर्माण गरिएको छ । बाग्लुङ र पर्वतको कुश्मा जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ ।

सिङ्गल स्पानको यो पुललाई संसारकै लामो दाबी गर्दै ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा दर्ता गराउने तयारी छ ।

विश्वकै लामो दाबी गरिएको यो पुलको आवश्यक तथ्याङ्क जाँचका लागि तथ्याङ्क विभागमा पठाइइएको बाग्लुङ नगरपालिकाका सूचना अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।

अहिलेसम्म सिङ्गल स्पानको ४ सय ९७ मिटर लामो पुल स्वीट्जरल्याण्डमा रहेको रेकर्ड छ । सो रेकर्डलाई तोड्दै सबैभन्दा लामो पुल भनी यो पुललाई गिनिज बुकमा लेखाउने तयारी गरिएको हो ।

नाप जाँच र प्राविधिक मुल्यांकन हुँदै

नाप जाँच तथा प्राविधिक मुल्यांकन लगायतका काम भइरहेको र सबै प्रक्रिया पूरा भएपछि गिनिज बुक रेकर्डमा दर्ता गराउनका लागि मन्त्रालयमार्फत पत्र पठाइने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

थानी/विएलटि/हिमशिखर जेभी निर्माण कम्पनीले सात करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको यो पुलको लागत ९ करोड २५ लाख लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले बताए ।

सबैभन्दा लामो यो झलुङ्गे पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको छ ।

वि.सं.२०७५ चैतमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरी यो पुलको निर्माण शुरु गरिएको थियो ।

पुल निर्माणको केही कामहरु बाँकी रहे पनि मानिसहरुको आवतजावत नरोकिएकाले खुला गरिदिएको निर्माण कम्पनीले जनाएको छ । पुलको औपचारिक रुपमा हस्तान्तरण गर्न भने बाँकी रहेको छ ।

‘सिङ्गल स्पान’ प्रकृतिका झोलुङ्गे पुलमध्ये यो संसारकै लामो पुल भएको बाग्लुङ नगरपालिकाका प्रमुख पौडेलले दाबी गरे । यो पुलले दुई जिल्लाका पर्यटन तथा आर्थिक विकासमा पनि टेवा पुग्ने पौडेलले विश्वास ब्यक्त गरे ।

अब बाग्लुङबाट १५ मिनेटमै पाङ्

यो पुल निर्माण भएसँगै बागलुङ बजारबाट अब १५ मिनेट पैदल दुरीमा नै पर्वतको कुश्मा कुश्मा नगरपालिका– १ पाङ पुग्न सकिने भएको छ । पुल नहुँदा घुमाउरो बाटो झण्डै डेढ घण्टा पैदल हिड्नुपर्दथ्यो ।

८५ मेट्रिक टन क्षमताको यो पुलको लाइफलाइन ५० वर्ष रहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : २० बजे

आगामी महिना भारत आउँदैछन् मेस्सी, यी चार सहरमा हुनेछ विशेष कार्यक्रम

काठमाडौं- विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी आगामी डिसेम्बर मा

विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन

मोरङ– यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारी चालक अनुमति पत्र

कप्तान मल्ल पनि सस्तैमा आउट भएपछि दबाबमा रहेको चितवन, बोपाराको भरमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो

बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम

कैलाली– धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री

देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै

काठमाडौं- नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश