डडेल्धुरामा माइक्रो बस दुर्घटना हुँदा १७ घाइते « Khabarhub

डडेल्धुरामा माइक्रो बस दुर्घटना हुँदा १७ घाइते


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो ।

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार माइक्रोमा रहेका १७ घाइते भएका छन् । गाडी चालक कैलालीको गोदावरी नगरपालिका–६ का २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी मालिक ३० वर्षीय हिमाल माझी घाइते भएका छन् ।

फुलारा र माझीलाई उपचारका लागि धनगढी पठाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : २३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा