अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन सकिन्छ : ट्रम्प | Khabarhub Khabarhub

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन सकिन्छ : ट्रम्प


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स टिकटकमाथि प्रतिबन्ध लगाउन सकिने जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टिकटकमा प्रतिबन्ध लगाउन सकिने बताएका हुन्।

‘हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन पनि सक्छ,’ उनले भने, ‘हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ। हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ।

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ। त्यसैले अमेरिकाले टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा सुरु भएका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो।

यसअघि जुलाइको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको बताएका थिए।

त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हाे ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : ४१ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या