कोरोनाले अप्ठ्यारोमा परेका आप्रवासीको भीसा तीन महिना थप्ने कुवेतको निर्णय « Khabarhub

कोरोनाले अप्ठ्यारोमा परेका आप्रवासीको भीसा तीन महिना थप्ने कुवेतको निर्णय



दोहा – कोरोना भाइरसको महामारीले नविकरण गर्न नसकेका नेपालीसहित सबै आप्रवासीहरूको भिसा तीन महिना थप गर्ने कुवेत सरकारले निर्णय गरेको छ ।

कोरोना भाइरसको विषम परिस्थितिका कारण १ मार्च २०२० यता भिसा समाप्त भई कुवेतमा रहेका विदेशी नागरिकको भिसा कुवेत सरकारले थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पुर्‍याएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतले यसअघि थप गरेको भिसाको अवधि अगष्ट ३१ अर्थात सोमबार सकिएको छ ।

कोरोना महामारीले नियमित अन्तर्राष्ट्रिय उडान नभएको तथा भिसा थप गरिएको ३ महिनाको अवधि पनि सकिएको कुवेत सरकारले भिसा अवधि पुनः ३ महिना थप्ने  निर्णय गरेको कुवेतको आन्तरिक मन्त्रालयले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ४४ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले