भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज अन्तिम संस्कार « Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज अन्तिम संस्कार


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ ।

मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मुखर्जीको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । मष्तिस्कमा जमेको रगत निकाल्ने क्रममा मुखर्जीलाई गत अगष्ट १० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यसयता दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना भएका मुखर्जीको सोमबार साँझ ८४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : ४५ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम