कोरोना संक्रमित पूर्वन्यायाधीश चालिसेको मृत्यु « Khabarhub

कोरोना संक्रमित पूर्वन्यायाधीश चालिसेको मृत्यु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड -१९ संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु भएको छ । उनमा लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो।

उनका भाइ कृष्णराज चालिसेका अनुसार मुटु रोगको उपचार गराइरहेका बेला आज बिहान निधन भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए। उनी ७० वर्षका थिए।

पाँच दिन अघि शहीद गंगालाल अस्पतालमा भर्ना भएका उनको आज मृत्यु भएको काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले बताए । केसीका अनुसार चालिसेको उपचारकै क्रममा कोरोना भाइरस देखिएको थियो ।

उनको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : २७ बजे

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र

काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ