कपिलवस्तुमा पानीको विषयमा झगडा हुँदा ५ जना घाइते « Khabarhub

कपिलवस्तुमा पानीको विषयमा झगडा हुँदा ५ जना घाइते


१६ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – खेतमा पानी लगाउने विषयमा झगडा हुँदा कपिलवस्तुको महाराजगञ्जमा ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, महाराजगञ्ज नगरपालिका–४ का कृषकहरु आफ्नो खेतमा पानी लगाउने पालोका विषयमा कुरो नमिलेपछि झगडा पर्दा ५ जना घाइते बनेका हुन् ।

झगडामा महाराजगञ्ज ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन र ७५ वर्षीय सलिम गद्दी घाइते भएका छन् ।

यसैगरी झगडा गर्दा अर्को पक्षका सोही ठाउँका ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया घाइते भएका छन्।

प्रहरीका अनुसार, घाइते मध्ये ३ जनाको स्थानीय शिवराज अस्पताल बहादुरगंजमा सामान्य उपचारपछि थप उपचार गर्न कपिलवस्तु जिल्ला अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १२ : ४५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने