कपिलवस्तुमा पानीको विषयमा झगडा हुँदा ५ जना घाइते « Khabarhub

कपिलवस्तुमा पानीको विषयमा झगडा हुँदा ५ जना घाइते


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – खेतमा पानी लगाउने विषयमा झगडा हुँदा कपिलवस्तुको महाराजगञ्जमा ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, महाराजगञ्ज नगरपालिका–४ का कृषकहरु आफ्नो खेतमा पानी लगाउने पालोका विषयमा कुरो नमिलेपछि झगडा पर्दा ५ जना घाइते बनेका हुन् ।

झगडामा महाराजगञ्ज ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन र ७५ वर्षीय सलिम गद्दी घाइते भएका छन् ।

यसैगरी झगडा गर्दा अर्को पक्षका सोही ठाउँका ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया घाइते भएका छन्।

प्रहरीका अनुसार, घाइते मध्ये ३ जनाको स्थानीय शिवराज अस्पताल बहादुरगंजमा सामान्य उपचारपछि थप उपचार गर्न कपिलवस्तु जिल्ला अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : ४५ बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा