कोरोनाबाट काठमाडौं महानगरमा १६ को मृत्यु, २ हजार ४५२ संक्रमित | Khabarhub Khabarhub

कोरोनाबाट काठमाडौं महानगरमा १६ को मृत्यु, २ हजार ४५२ संक्रमित


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरमा भदौ १३ गतेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ४५२ पुगेको छ ।

यी बिरामीको सम्पर्कमा भएका ४ हजार २ सय १३ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको छ ।

महानगरमा भदौ १२ गते २ हजार ३ सय ४३ संक्रमित भएकोमा १३ गते १ सय ९ जना थपिएर २ हजार ४ सय ५२ पुगेको हो ।

यस दिनसम्ममा ५ सय ४८ जना होम आइसोलेसनमा र ५ सय ४१ जना अस्पतालमा रहेका छन् भने ४ सय ६० जना निको भएर फर्किएका छन् ।

त्यस्तै शनिबारसम्म १६ जनाको मृत्यु भएको महानगरले जनाएको छ ।

मृत्यु हुनेमा वडा ३, ७, १२, १३, २०, २१, २२, ३१ र ३२ मा १/१ जना, वडा ४ मा २ जना, १० मा ३ जना र २७ मा २ जना छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ३ : १९ बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते