पछिल्लो २४ घण्टामा थपिए १,०६९ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा थपिए १,०६९ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका २ जना, झापाका १४ जना, पाँचथरका एकजना, मोरङका १२ जना, सुनसरीका ५६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका एकजना, पर्साका २ जना, बाराका ११ जना, महोत्तरीका २ जना, रौतहटका ५ जना, सप्तरीका एकजना, सर्लाहीका १९ जनामा कोरोना पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३९३ जना, काभ्रेका ८ जना, चितवनका ४५ जना, दोलखाका ११ जना, धादिङका ११ जना, नुवाकोटका २ जना, भक्तपुरका ३० जना, मकवानपुरका ६ जना, रसुवाका एकजना, रामेछापका २ जना, ललितपुरका ५८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका ८ जना, तनहुँका ५ जना, नवलपरासी पूर्वका १५ जना,पर्वतका एकजना, लमजुङका ३२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ९ जना, कपिलवस्तुका ७ जना, गुल्मीका १३ जना, दाङका १३ जना, नवलपरासीका ४ जना, पाल्पाका एकजना, प्युठानका एकजना,बर्दियाका ७ जना, बाँकेका ३३ , रुकुम पूर्वका एकजना र रुपन्देहीका ९१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना, दैलेखका २ जना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १३ जना, कंचनपुरका ४ जना, कैलालीका २० जना, डडेल्धुरका २ जना, डोटीका २४, बझाङका ४० जना र बैतडीका १२ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ५ : ०२ बजे

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज संकलन केन्द्र 

सिन्धुपाल्चोक– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४

परराष्ट्रमन्त्री मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवको भेट

अमेरिका – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।

पून्यमानलाई भेट्रान चेस उपाधि

काठमाडौं – पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्रप्रसाद

दुई वर्षमा बन्नुपर्ने पुल आठ वर्षमा निर्माण सम्पन्न

तुलसीपुर– दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण