पछिल्लो २४ घण्टामा थपिए १,०६९ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

पछिल्लो २४ घण्टामा थपिए १,०६९ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका २ जना, झापाका १४ जना, पाँचथरका एकजना, मोरङका १२ जना, सुनसरीका ५६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका एकजना, पर्साका २ जना, बाराका ११ जना, महोत्तरीका २ जना, रौतहटका ५ जना, सप्तरीका एकजना, सर्लाहीका १९ जनामा कोरोना पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३९३ जना, काभ्रेका ८ जना, चितवनका ४५ जना, दोलखाका ११ जना, धादिङका ११ जना, नुवाकोटका २ जना, भक्तपुरका ३० जना, मकवानपुरका ६ जना, रसुवाका एकजना, रामेछापका २ जना, ललितपुरका ५८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका ८ जना, तनहुँका ५ जना, नवलपरासी पूर्वका १५ जना,पर्वतका एकजना, लमजुङका ३२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ९ जना, कपिलवस्तुका ७ जना, गुल्मीका १३ जना, दाङका १३ जना, नवलपरासीका ४ जना, पाल्पाका एकजना, प्युठानका एकजना,बर्दियाका ७ जना, बाँकेका ३३ , रुकुम पूर्वका एकजना र रुपन्देहीका ९१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना, दैलेखका २ जना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १३ जना, कंचनपुरका ४ जना, कैलालीका २० जना, डडेल्धुरका २ जना, डोटीका २४, बझाङका ४० जना र बैतडीका १२ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ५ : ०२ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका