भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो | Khabarhub Khabarhub

भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यति धेरै गिरावट आएको हो ।

भारतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ ।

कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९.३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

साथै निर्माण क्षेत्रमा ५०.३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३.३ प्रतिशतमा सीमित भएको छ । विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ । तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको छ ।

भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन् ।

हुनत, भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो । कोभिड–१९ शुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतमा ओर्लिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : २४ बजे

सिजनकै पहिलो शतक बनाउन चुके प्रियांक, कर्णालीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो सिजनको मंगलबार भइरहेको

कोलम्बियामा अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

एजेन्सी– कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकाहरूलाई लक्षित गरी सञ्चालन

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन–  जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली