यस्ती छिन् नेपालकी भाञ्जी अर्थात् गोविन्दाकी छोरी टिना (फोटो फिचर) « Khabarhub

यस्ती छिन् नेपालकी भाञ्जी अर्थात् गोविन्दाकी छोरी टिना (फोटो फिचर)


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता गोविन्दा र नेपाली मुलकी सुनिताकी छोरी टिना आहुजा सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

गोविन्दा नेपालका ज्वाइँ हुन् । नब्बेको दशकका चर्चित यी अभिनेता विभिन्न कार्यक्रमका सिलसिलामा नेपाल आएका छन् । टिना पनि नेपाल आएकी छिन् ।

नेपालमा हुने विभिन्न कार्यक्रमको अतिथि भएर आउँदा गोविन्दालाई आयोजकले नेपालका ज्वाइँ भनेर सम्बोधन गर्ने गर्दछन् ।

९० को दशक गोविन्द बलिउडका चर्चित कलाकार थिए । कुल्ली नं १, राजा बाबु, आन्दोलन, पाटर्नर जस्ता हिट फिल्म खेलेका गोविन्दा बलिउडमा चम्केका छन् । तर, उनकी छोरी टिना भने खासै जम्न सकिनन् ।

गतवर्षको भदौ महिनामा अवार्ड समारोहका लागि टिना नेपाल आएकी थिइन् । उनी नेपाल आउँदा नेपालकी भान्जी भन्दै आयोजकले परिचित गराएका थिए ।

टिनाले सन् २०१५ मा ‘सेकेण्ड ह्याण्ड हजबेन्ड’ मार्फत फिल्ममा डेब्यु गरिन् । तर, उनको डेब्यु धमाकेदार हुन सकेन ।

अन्य सेलिब्रेटी किड्स रातारात चम्किरहँदा टीनाको डेब्यु फितलो देखियो । टीनाको सुन्दरताको भने निकै नै तारिफ हुने गरेको छ ।

हेर्नुहोस् टिनाका तस्वीर:

 

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ८ : ०४ बजे

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका