स्वास्थ्य मन्त्रालय नै गर्छ गडबडी, दुई दिनका विवरणमा ‘एउटै’ मृत्यु ! « Khabarhub

स्वास्थ्य मन्त्रालय नै गर्छ गडबडी, दुई दिनका विवरणमा ‘एउटै’ मृत्यु !


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी गराए ।

यो संख्यामा महोत्तरीकी ४ वर्षीया एक बालिका समावेश छन् ।

सोमबार पनि प्रवक्ता डा. गौतमले महोत्तरीकी ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको विवरण दिएका थिए ।

मङ्गलबारको विवरणमा महोत्तरीकी ४ वर्षीया बालिका दोहोरिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयको दुई दिनको विवरणमा एउटै जिल्लाको एकै उमेरकी बालिकाको मृत्यु भएको उल्लेख भएपछि जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीमा जानकारी माग्दा विवरण दोहोरिएको थाहा भएको हो ।

आज सार्वजनिक गरिएको मृतकको विवरण

सोमबार (हिजो) सार्वजनिक गरिएको मृतकको विवरण

जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका सूचना अधिकारी विनोदकुमार झाका अनुसार महोत्तरीमा चार वर्षका दुई जना बालिकाको लगातार मृत्यु भएको छैन । महोत्तरीमा ४ वर्षकी बालिका एक जनाको मात्र मृत्यु भएको हो ।

झाका अनुसार मनहरा सिसवा नगरपालिका–१ की ४ वर्षीया बालिकाको भदौ १४ गते घरमै मृत्यु भएको थियो । ती बालिकामा साउन २३ गते धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बालिकामा कुनै लक्षण नदेखिएकाले उनलाई घरमै आइसोलेसनमा राखिएको थियो ।

कोरोना पुष्टि भएको २३ दिनमा घरमै उनको मृत्यु भएको झाले खबरहबलाई बताए ।

‘स्वास्थ्य मन्त्रालयले भदौ १४ गते मृत्यु भएकी ४ वर्षीया बालिकाको विवरण हिजै (सोमबार) लाइभमा दिएको हो,’ झाले खबरहबसँग भने, ‘हिजो इपिडिमियोलोजीले मलाई नै सोधेको थियो, आज (मङ्गलबार) मन्त्रालयले भनेको विवरण पनि हिजोकै हो ।

यस विषयमा जिज्ञासा राख्दा मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, ‘मेरोमा इन्फरमेसन त्यही छ, भोलि क्रस चेक गर्न सक्छु, अहिले भन्न सक्दिनँ ।’

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी झाका अनुसार महोत्तरीमा हालसम्म १० जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ती मध्ये ४ वर्षीया बालिकाको मृत्यु भएको घटना पहिलो हो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ८ : ३२ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब