सीपीएल क्रिकेट : आजको खेलमा सन्दीपले लिए एक विकेट | Khabarhub Khabarhub

सीपीएल क्रिकेट : आजको खेलमा सन्दीपले लिए एक विकेट


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटअन्तर्गत जमैका तलाहवाजबाट खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

मङ्गलबार राति भइरहेको ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिएका हुन् ।

सन्दीपले २८ बलमा २५ रन बनाएर खेलिरहेका लेन्डल सिमन्सलाई आउट गरेका हुन् । सिमन्सले ठूलो शट खेल्ने क्रममा टप एज लागेर हावामा सिधा माथि उडेको बललाई मुजीबले क्याच गरेका थिए ।

सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै कुल १० विकेट लिइसकेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ०६ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको