नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर, पहिलो चरणमा ५ सय कामदार लैजाने | Khabarhub Khabarhub

नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर, पहिलो चरणमा ५ सय कामदार लैजाने



दोहा – नेपाल र इजरायलबीच श्रमिक लैजाने र इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था माशाभको तत्वावधानमा इजरायली कृषि प्रविधि नेपालमा भित्र्याउने उद्देश्यले ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउने छ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने सक्ने दूतावासले जनाएको छ ।

यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ । सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ ।

यसले केयरगिभर, कृषि क्षेत्र, होटल रेष्टुरेष्ट, निर्माण क्षेत्र लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्ने आशा गरिएको छ । यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने दूतावासले जनाएको छ ।

यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुने जनाएको छ ।

नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौंमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपालीहरु इजरायल जाने छन् ।

यसरी छानिने श्रमिकहरु सरकारी तबरबाट मात्रै छानिने छन् । कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि यसका लागि आवश्यक योग्यता, प्रमाणपत्रहरु तथा आवेदन दिने ठाउँसमेतको विस्तृत विवरण समेत राखी अर्को सूचना प्रकाशन गरिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : २८ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा