आजबाट सुपथ मूल्य पसल सञ्चालन, अनलाइनबाटै खाद्यान्न अर्डर गर्न सकिने | Khabarhub Khabarhub

आजबाट सुपथ मूल्य पसल सञ्चालन, अनलाइनबाटै खाद्यान्न अर्डर गर्न सकिने


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ ।

कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नपाए पनि नजिकिँदै गरेको दशैं तिहार लगायतका चाडपर्व मनाउन पाइन्छ कि भन्ने मानिसहरुको आश छ ।

दशैं आउन एक महिना मात्र बाँकी छ । अन्य वर्षहरुमा झैं यसवर्ष पनि दशैं लक्षित बजार खुल्न थालेका छन् । विशेषगरी सरकारी स्वामित्वका संस्थानहरुले सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याएका छन् ।

आजबाट सरकारले चाडपर्वलक्षित सुपथ मुल्यका पसल सञ्चालनमा ल्याएका छन् । दशैं, तिहार तथा छठजस्ता चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकालगायत बाहिरी जिल्लाहरुमा सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयकाअनुसार विगतका वर्षहरुमा झैं यसवर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ड्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउन थालेका छन् ।

खाद्यन्न अर्डर गर्नुस्, होमडेलिभरी हुन्छ

आजबाट सञ्चालनमा आएका सुपथ मुल्य पसलहरु छठको भोलिपल्टसम्म निरन्तर सञ्चालनमा रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कोभिड १९ का कारण कम्पनीले केही महिनाअघिबाट अनलाईन डेलिभरी समेत दिदैं आइरहेको छ । ‘यस कार्यलाई निरन्तरता दिदैं चाडपर्वका समयमा पनि उपभोक्ताले अनलाईनमार्फत सामग्री अर्डर गर्न सक्नुहुनेछ’ कम्पनीकी सुचना अधिकारी सर्मिला न्यौपानेले भनिन् ।

लकडाउनबाटै थालिएको अनलाईन डेलिभरीले पनि राम्रो मार्केट लिना थालेका बताउँछिन् उनी, भन्छिन्, ‘उपभोक्तालाई पहिलेझैं नेपाल फुड डट जिओभि डटएनपी मा गएर अर्डर गर्न सक्नुहुनेछ’ ।

पहिलो चरणमा काठमाडौंको चक्रपथभित्रका बासिन्दाका लागि मात्र लक्षित गरेर खोलिएको भएपनि अहिले उपत्यकाभर र सुर्खेतमा पनि अनलाईन अर्डर र डेलिभरीको काम भइरहेको उनले जानकारी दिइन् ।

सोना मनसुली र जिरा मनसुली चामल, चिनीलगायतका खाद्य सामग्री चाडपर्वमा अनलाईनमार्फत उपभोक्ताको अर्डर डेलिभरी गर्ने योजना कम्पनीको रहेको छ ।

‘उनकाअनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा पनि सुपथ मुल्य पसल सञ्चालनमा आएका छन् । सुपथ मुल्य पसलमा चिनीमा प्रतिकेजी ५ रुपैयाँ, चामलमा प्रतिकेजी पाँच रुपैयाँ र नुनमा प्रतिकेजी दुई रुपैयाँ छुट हुनेछ’ न्यौपानेले खबरहबसँग भनिन् ।

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन सुरु

वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी एकसाता अघिबाट बजार अनुगमन गरिरहेको छ ।

चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मुल्य लिने, म्याद गुज्रिएको अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन झण्डै १ महिना बाँकी हुँदै अनुगमन सुरु गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

‘विभागको टोलीले हाल खाद्यन्न, इन्धन, लत्ताकपडा, उिने पानी, तरकारी, माछामासु, फलफुल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिरहेको छ’ सुवेदीले भने, ‘खासगरी काठमाडौँको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा टोली परिचालन गरेका छौं ।’

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : १८ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी

आईपीएलमा ‘क्याच मिस’ को पीडा

उत्कृष्ट क्याचले विश्व क्रिकेटमा उपाधि उचालेका थुप्रै उदाहरण छन्। सन्

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय र

क्रिमिया रुसलाई दिने प्रस्ताव अस्वीकार गरेपछि जेलेन्स्कीसँग ट्रम्प फेरि आक्रोशित

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिमियामाथि रुसको अधिकार नमानेर