बलिउडमा ‘ड्रग्स’ लिनेमा नायिकापछि यी अभिनेताहरुको नाम जोडियो « Khabarhub

बलिउडमा ‘ड्रग्स’ लिनेमा नायिकापछि यी अभिनेताहरुको नाम जोडियो


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

मुम्बई – बलिउडमा लागुऔषध (ड्रग्स) को प्रयोग गर्नेमा नायिकापछि एकैपट चार जना अभिनेताको नाम मुछिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले गरेको अनुसन्धानमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

दैनिक भाष्करले एनसीबीका अधिकारीको हवाला दिँदै अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्दै आएको बताएको छ ।

दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले उल्लेख गरेको छ ।

बलिउड नायकहरुको नाम लिँदा ती अधिकारीले ए, डी, आर र एस कोडमा नाम प्रयोग गरेको र ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डी’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणवीर कपूर र ‘एस’ को अर्थ शाहरुख खान भएको दाबी गरिएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि बलिउड नायिका दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर लगायतका नायिकाहरूले ड्रग्स सेवन गरेको विवरणहरू सार्वजनिक भएका थिए ।

गत जुन १४ मा सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड सेलिब्रेटीले लागुऔषध सेवन गर्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : ३५ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई