अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने « Khabarhub

अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने


१५ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ ।

विभागले सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा मालवाहक सवारी साधनलाई विभागअन्तर्गतको कार्यालयमा परीक्षण गर्न अनुरोध गरेको छ ।

प्रस्थान, गन्तव्य वा बाटामा सङ्घीय विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय नहुँदा सवारीधनीले प्रदेश सरकारको यातायात व्यवस्था कार्यालयबाट परीक्षण गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को गत असार २९ को निर्णयानुसार साउन १ देखि सो नियम लागु गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशका मुख्यमन्त्री कार्यालयमा यससम्बन्धी पत्राचार भइसकेको छ ।

सवारीसाधनका सबै किसिमका परीक्षण नभएको पाइएमा विभाग र ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गर्ने उल्लेख छ । सो व्यवस्थाको उल्लङ्घन भएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने उल्लेख छ ।

संविधानअनुसार सवारी साधनको व्यवस्थापनको जिम्मेवारी तीनै तहका सरकारलाई दिइएको छ ।

एउटै पालिकाभित्रका सवारी साधनको व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेशभित्रको प्रदेश सरकार र दुई वा सोभन्दा बढी प्रदेशमा चल्ने सवारी साधनको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : २९ बजे

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा