अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने « Khabarhub

अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ ।

विभागले सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा मालवाहक सवारी साधनलाई विभागअन्तर्गतको कार्यालयमा परीक्षण गर्न अनुरोध गरेको छ ।

प्रस्थान, गन्तव्य वा बाटामा सङ्घीय विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय नहुँदा सवारीधनीले प्रदेश सरकारको यातायात व्यवस्था कार्यालयबाट परीक्षण गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को गत असार २९ को निर्णयानुसार साउन १ देखि सो नियम लागु गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशका मुख्यमन्त्री कार्यालयमा यससम्बन्धी पत्राचार भइसकेको छ ।

सवारीसाधनका सबै किसिमका परीक्षण नभएको पाइएमा विभाग र ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गर्ने उल्लेख छ । सो व्यवस्थाको उल्लङ्घन भएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने उल्लेख छ ।

संविधानअनुसार सवारी साधनको व्यवस्थापनको जिम्मेवारी तीनै तहका सरकारलाई दिइएको छ ।

एउटै पालिकाभित्रका सवारी साधनको व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेशभित्रको प्रदेश सरकार र दुई वा सोभन्दा बढी प्रदेशमा चल्ने सवारी साधनको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : २९ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ