युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक « Khabarhub

युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।

रक्षामन्त्री पोखरेलले नेपालका लागि युएईका राजदूत साइद अम्दन अल नाक्बीसँग सिंहदरबारमा भएको शिष्टाचार भेटमा उनले युएईमा धेरै नेपाली कामदार रहेको जनाउँदै कोरोना महामारीमा नेपाली श्रमिकप्रति युएईले देखाएको सद्भावनाको प्रशंसा गरे ।

उनले गत वर्षको आफ्नो युएई भ्रमणको स्मरण गर्दै दुई देशबीचका सम्बन्धका क्षेत्र कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा नेपाली लगानीकर्तासँगको संयुक्त लगानीमा सक्रिय भूमिका निर्वाह गर्दै रहन आग्रह गरे ।

राजदूत नाक्बीले युएई र नेपालबीचको हवाई उडान छिट्टै नियमित हुने जनाउँदै महामारीको सामना गर्न दुवै देशबीच आपसी सहयोगको आवश्यकता रहेको राय प्रकट गरे ।

उनले आफ्नो देशका लगानीकर्ता नेपालमा जलविद्युत्, पर्यटन तथा कृषिमा आधरित उद्योगलगायत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि बताएको युएईमा रहेका नेपाली कामदारले हालका दिनमा सुरक्षा, निर्माण तथा सेवा क्षेत्रमा योगदान गरिरहेको पनि उनले बताएको रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : १९ बजे

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश