एन्फा अध्यक्षका स्वकीय सचिवलाई कोरोना संक्रमण « Khabarhub

एन्फा अध्यक्षका स्वकीय सचिवलाई कोरोना संक्रमण


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाका स्वकीय सचिव अनन्तप्रसाद घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको लक्ष्यण देखिएपछि घिमिरेले गएको सोमबार कोरोना परीक्षण गराएका थिए।

बुधबार आएको नतिजामा उनलाई कोरोना संक्रमण देखिएको हो। एन्फा महासचिव इन्द्रमान तुलाधरले उनलाई कोरोना संक्रमण देखिएको बताएका छन्।

कोरोना संक्रमण देखिएका घिमिरे अहिले होम आइसोलेसनमा छन्।

एन्फा सचिवालयमा काम गर्ने कर्मचारीमा देखिएको यो पहिलो घटना हो। यसअघि राष्ट्रिय पुरुष फुटबल टीमको प्रारम्भिक टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । उनी उपचार पछि अहिले सामान्य अवस्थामा फर्कि सकेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १ : ४७ बजे

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३

न्युजिल्याण्डमा ‘साम्बा’को घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको