विद्यार्थीले स्कुलमा सौंच गर्न नपाउने ! | Khabarhub Khabarhub

विद्यार्थीले स्कुलमा सौंच गर्न नपाउने !



देवचुली (नवलपुर)– कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरुले भर्ना अभियानसँगै पठनपाठन शुरु गरेका छन् ।

गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ तथा नवलपरासीपूर्वका केही विद्यालयहरुले पठनपाठन सञ्चालन गरेका छन् ।

अधिकांश विद्यालयले आलोपालो गरी विद्यार्थीलाई पठनपाठन सञ्चालन गरेका छन् ।

त्यस्तै, मध्येको एक विद्यालय हो, पूर्वी नवलपरासी देवचुली नगरपालिका १६ स्थित देवचुली मावि । यो विद्यालयले एक सातामा एक दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर पठनपाठन सञ्चालन गरेको छ । तर यो विद्यालयले विद्यार्थीहरुलाई विद्यालयको सौचालय प्रयोग गर्न रोक लगाएको छ ।

कोरोना संक्रमणको त्रासदी रहेकाले विद्यार्थीहरुलाई सौचालय प्रयोग नगर्न भनिएको विद्यालयका एक शिक्षकले बताए ।

साना कक्षाका विद्यार्थीले त्यसो भनेर नबुझ्ने भएकाले ६ कक्षादेखिमाथि मात्रै कक्षा सञ्चालन गरिएको उनले बताए ।

स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो रुपमा एक विद्यार्थी हप्तामा एक दिन मात्रै विद्यालय आउनुपर्ने गरी मिलाएको देवचुली माविका प्रधानाध्यापक नारायण भण्डारीले बताए ।

कावासोती नगरपालिका १२ पिठौलीमा रहेको शान्ति निकुञ्ज माध्यामिक विद्यालयले पनि असोज १ गतेबाट पठनपाठक सञ्चालन गरिरहेको छ ।

विद्यालयमा सामाजिक दुरी कायम गरि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सुरु गरिएको बताइए पनि एउटै बेन्चमा तीन जनासम्म विद्यार्थी राखेर पठन पाठन गरिँदै आएको छ । जिल्ला शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले भने विद्यालय खोल्ने नखोल्नेबारेमा आफूले कसैलाई निर्देशन नदिएको बताउँछन् । पालिकाहरुलाई नै अधिकार प्रदान गरिएकाले पालिकालाई सोध्न पाखरेलले आग्रह गरे ।

उता, गत चैत ११ गतेदेखि बन्द रहेका गोरखाका विद्यालयमा पनि धमाधम पठनपाठन सुरु हुन थालेको छ । कतिपय पालिकाको आग्रहमा, कतिपय विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।

जिल्लाको ११ वटै पालिकाका ५० प्रतिशत भन्दा धेरै विद्यालयले विद्यार्थी बोलाएरै पढाउन सुरु गरेका शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । सरकारले शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन भने पनि अनिवार्य भर्ना गर्नु भन्ने निर्देशन दिएपछि विद्यालयहरुले पठनपाठन शुरु गरेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ३ : ३० बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति