क्यानले खेलाडी वर्गीकरण हेरफेर गर्ने « Khabarhub

क्यानले खेलाडी वर्गीकरण हेरफेर गर्ने


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण पुन गर्ने बताएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार विज्ञप्ति जारी गरि खेलाडी वर्गीकरण पुन हेरफेर हुने बताएका छन् ।

क्यानको असोज ६ गते चितवनमा बसेको बोर्ड बैठकले पुरुष तथा महिला क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता सार्वजनिक गरेको हो । जसमा राष्टिय टीमका नियमित खेलाडीलाई ए, बी र सी गरि वर्गीकरण गरेको थियो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहको नेतृत्वमा खेलाडी वर्गीकरण समिति बनाएर खेलाडीलाई वर्गीकरणका लागि सिफरिस गरेको थियो । अब राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षकसहितका व्यक्तिहरुसँगको छलफलमा नयाँ वर्गीकरण प्रस्ताव ल्याउन समितिलाई निर्देशन दिइएको छ ।

जसमा राष्टिय टोलीका खेलाडीहरु सम्झौताबाट छुटेको भन्दै खेलाडीहरुले क्यानलाई पत्र लेखेपछि क्यान आफ्नो निर्णय पुनर्विचार गर्न तयार भएको हो ।

क्यानले खेलाडीको तलबसमेत बृद्धी गरेको थियो । जसमा पुरुष टोलीका ए, बी र सी श्रेणीका खेलाडीलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार तोकेको थियो । यस्तै, महिला खेलाडीलाई १५ हजार, १२ हजार र १० हजार दिने निर्णय गरेको थियो । क्यानले महिला टोलीको पहिलो पटक केन्द्रीय सम्झौता गरेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ५ : ४० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी