भारतको उडिसामा नोभेम्बर ३० सम्म लकडाउन | Khabarhub Khabarhub

भारतको उडिसामा नोभेम्बर ३० सम्म लकडाउन


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको पूर्वी राज्य उडिसामा सरकारले लकडाउनको समयावधिलाई थप गर्ने निर्णय गरेको छ ।

महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा लकडाउनको समय थप गरिएको हो ।

लकडाउन कोभिड सङ्क्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा उल्लेख छ । उक्त क्षेत्रमा अतिआवश्यक गतिविधि मात्र गर्न अनुमति दिइएको छ ।

निर्देशन अनुसार सङ्क्रमण फैलिएका क्षेत्रमा विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थानहरूलाई नोभेम्बरको अन्त्यसम्म बन्द गरिने छ ।

यद्यपि विद्यालय विभागको सुपरीवेक्षणमा कक्षा नौ र १२ का कक्षाहरूलाई नोभेम्बर १६ देखि सञ्चालनका लागि अनुमति दिइनेछ ।

उडिसा भारतको नवौँ बढी प्रभावित राज्य हो । उडिसामा कूल दुई लाख ८८ हजार ६४६ व्यक्ति सङ्क्रमित रहेका छन् भने एक हजार ३०८ जनाको मृत्यु भएको छ ।

यो हप्ताभन्दा पहिले भारतको संघीय गृहमन्त्रालयले सेप्टेम्बर ३० मा जारी गरेको नियन्त्रणका उपायलाई नोभेम्बर ३० सम्मका लागि मान्य हुने गरी संशोधन गरेको छ ।

शनिबार भारतको स्वास्थ्य मन्त्रालयले भारतभर कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या ८१ लाख ३७ हजार ११९ पुगेको जनाएको छ । यस्तै एक लाख २१ हजार ६४१ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : १३ बजे

थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता

कञ्चनपुर – दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य

लेकका च्याङ्ग्रा सहरमा

गण्डकी– कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मंगलबार पर्यटकीय सहर पोखरा

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धी बन्न सञ्चारमन्त्री खरेलको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा