बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा « Khabarhub

बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।

शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजनिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गरेका छन्।

लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै पसलहरू बन्द गरिनेछन् । अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्नुपर्ने छ ।

यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू नहुने बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्त गर्दै क्रिस्मसको समयमा परिवारिक जमघट हुनसक्ने बातावारण बनाउन यो लकडाउनले सहयोग गर्ने आशा व्यक्त गरेका छन्।

बेलायतमा पछिल्लो २४ घण्टामा थप २१ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ  कोरोना संक्रमितको संख्या १० लाख ११ हजार नाघेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ५३ बजे

भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

भोजपुर– भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई भलिबल तथा

कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं– नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज सेना दिवस : टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज

महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन