हराएको मोबाइलबाट फोटो दुरूपयोग होला भनेर चिन्तित हुनुहुन्छ ? यस्तो छ हटाउने तरिका « Khabarhub

हराएको मोबाइलबाट फोटो दुरूपयोग होला भनेर चिन्तित हुनुहुन्छ ? यस्तो छ हटाउने तरिका


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोबाइल हराएमा तपाईँ हामलाई अर्को खरिद गर्नु पर्ने चिन्ताले मात्र सताउँदै । हराएको मोबाइलमा भएका फोटो, भिडियोसहितका डाटा कसैले दुरूपयोग गर्दिने हो कि भन्ने चिन्ताले पनि खुबै सताउँछ ।

यदि तपाईंको फोन कतै चोरी भएको छ र तपाईंको व्यक्तिगत फोटोहरू र भिडियोहरू यसमा छन् भने पनि अब तपाईं आत्तिनु पर्दैन। हराएको मोबाइलमा भएका फोटो, भिडियोसहितका डाटा तपाईँ आफैँले डिलिट गरिदिन सक्नु हुन्छ । जसका लागि तपाईले निम्त तरिका अपनाउन जरूरी छ ।

यस्तो छ तरिका

तपाईँले हराएको मोबाइलका फाइल हटाउनका लागि सबैभन्दा पहिला तपाईको कम्प्युटर वा अन्य मोबाइलमा सर्वप्रथम त इन्टरनेटको जरूरत हुन्छ । यदी इन्टरनेट छैन भने त्यो काम असम्भव छ । अर्थात आधारभूत सर्त नै  इन्टरनेट हो ।

अब सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा अन्य फोनमा इन्टरनेट ब्राउजर खोल्नुहोस्।

यहाँ तपाईले हराएको फोन खोज्न https://www.google.com/android/find टाइप गर्नुपर्नेछ।

अब तपाईले त्यहाँ आफ्नो जीमेल आईडीबाट लगइन गर्नु पर्छ जुन हराएको वा चोरी भएको तपाईँको स्मार्टफोनमा पनि राख्नु भएको छ।

त्यहाँ तपाईले प्ले साउन्ड, सिक्योर डिभाइस र ईरेज डिभाइसको तीनवटा विकल्प देख्नुहुनेछ।

सो फोनको डाटा मेटाउन अब तपाईंले (ERASE DEVICE) इरेज डिभाइसमा क्लिक गर्नुहोस् ।

एकचोटि अझै क्लिक गरेपछि तपाईले त्यसमा जीमेल पासवर्ड पुन राख्नुपर्नेछ।

यदि इन्टरनेट तपाईंको सो फोन इन्टरनेटमा कनेक्ट छ भने तपाईंले आफ्नो सबै डाटा मेटाउन सक्नुहुन्छ। यसबाट तपाईँको तनाव कम हुन्छ । हराएको फोन नै नभेटिए पनि कोही दुष्ट व्यक्तिले त्यसका डाटा दुरूपयोग गर्नबाट जोगाउन सकिन्छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ५५ बजे

अरुण कोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर