कर्णाली प्रदेशमा मन्त्री हेरेफेरको तयारी, ओली पक्षका दुई मन्त्री हटाइँदै « Khabarhub

कर्णाली प्रदेशमा मन्त्री हेरेफेरको तयारी, ओली पक्षका दुई मन्त्री हटाइँदै


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्री हेरफेरको तयारी गरेका छन् ।

मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरू भएको विवाद मन्त्री बर्खास्तीको तहसम्म पुग्न लागेको हो ।

जानकारी नदिइ संसदीय दलमा उपस्थित नभएको र नैतिकताका आधारमा राजीनामा दिन सुझाउँदा पनि नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय दुई मन्त्रीलाई मुख्यमन्त्री शाहीले हटाउन लागेका हुन् ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्तको तयारी गरेको स्रोतले बताएको छ ।

आफूलाई मन्त्रीबाट हटाउन लागिएको सूचना पाएलगत्तै सामाजिक विकासमन्त्री रावलले फेसबुकमार्फत आफूलाई सहयोग गर्नेहरूप्रति ऋणी रहेको भन्दै स्टाटस लेखेका छन् ।

‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउँन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु,’ रावलले फेसबुकमा लेखेका छन् ।

मुख्यमन्त्री शाहीले नेपाल पक्षसँगको सहमती अनुसार हाल खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय पनि एक मन्त्री थप्न लगेका हुन् । उनले नेपाल पक्षका करवीर शाही, अमरबहादुर थापा र चन्द्रबहादुर शाहीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

ओली पक्षका नेता यामलाल कँडेलले प्रचण्ड निकट मुख्यमन्त्री शाहीविरुद्ध गत असोज २५ गते अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र विवाद सुरु भएको थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सहयोगी भूमिका निर्वाह गरेका ओलीनिकट प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले यसअघि नै बर्खास्त गरेका थिए ।

प्रदेशमा देखिएको विवादले केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच पनि विवाद बढेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ५७ बजे

महाशिवरात्रि : पशुपतिनाथमा भक्तजनको भिड (तस्बिरहरू)

काठमाडौं– हिन्दु धर्मावलम्बीहरूले आज महाशिवरात्रि पर्व देशभर श्रद्धा, भक्ति र

महाशिवरात्रिको सन्देश- क्रोध, मोह र लोभको विसर्जन

महाशिवरात्रि हिन्दु धर्मावलम्बीका लागि केवल एउटा पर्व मात्र होइन, आत्मचिन्तन,

कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले

भारतका प्रधानमन्त्री मोदी चढेको विमान आसामको सडकमै अवतरण (भिडियोसहित)

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको एक

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

बैतडी– जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन