उपत्यकालाई संस्कृति र सभ्यताको आधुनिक शहर बनाउँछौं : राज्यमन्त्री मानन्धर « Khabarhub

उपत्यकालाई संस्कृति र सभ्यताको आधुनिक शहर बनाउँछौं : राज्यमन्त्री मानन्धर


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्ग अन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक शहर निर्माणको कामलाई तिब्रता दिइएको बताएका छन् ।

विश्व शहरीकरण दिवसका सन्दर्भमा आइतबार बिहान काठमाडौँको बालाजुमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मानन्धरले जनताको समृद्धिको सपनासँग जोडिएको आधुनिक र व्यवस्थित शहरीकरणका लागि सरकारले विभिन्न स्थानिय तहमा व्यवस्थित सहरीकरणको परिकल्पना गरिएको पनि मन्त्री मानन्धरले बताए ।

राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर सहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मन्त्री मानन्धरले राजधानीलाई आधुनिक र व्यवस्थित बनाउन थप योजना बनाइएको बताए ।

मन्त्री मानन्धरले काठमाडौँ शहरको दीर्घकालीन व्यवस्थापन गर्न विभिन्न नदी किनार भएर करिडोर निर्माणलाई तिब्रता दिने र व्यवस्थित तथा आधुनिक पार्किङ निर्माणका लागि स्थानीय तहसँग मन्त्रालयले समन्वय थालेको पनि मानन्धरले बताए ।

धोबीखोला तथा टुकुचाको व्यवस्थापन गर्न आवश्यक काम भइरहेको बताउँदै उनले जनताले महशुस गर्नेगरी काम भइरहेको बताए ।

काठमाडौँ उपत्यकाको समस्याको रुपमा रहेको फोहर व्यवस्थापनका लागि मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल्ड साईट निर्माणलाई तिब्रता दिएको भन्दै मन्त्री मानन्धरले अबको महिना दिनभित्रमा पहिलो फेजको निर्माण सकिने बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ११ : ५७ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो