आईपीएलमा चेन्नई र पञ्जाब भिड्दै, जित्नै पर्ने दबाबमा पञ्जाब « Khabarhub

आईपीएलमा चेन्नई र पञ्जाब भिड्दै, जित्नै पर्ने दबाबमा पञ्जाब


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा किङ्स इलाभेन पन्जाब र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लिग चरणको अन्तिम खेलमा पन्जाब र चेन्नई भिड्न लागेका हुन् । आबुधाबीमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

प्ले अफ दौडमा रहेको पन्जाबलाई आजको खेल जित्नै पर्ने दबाब छ । पञ्जाबलाई आजको खेल जितेर मात्र पुग्ने छैन अरू टिमको रनरेट कम भएमा मात्र उ प्ले अफमा पुग्ने छ ।

केएल राहुलको कप्तानीमा पन्जाब १३ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । चेन्नईलाई हराएमा पन्जाब १४ अंक जोडेर शीर्ष चारमा उक्लनेछ ।

अघिल्लो भेटमा व्यहोरेको हारको कारण पनि पन्जाब चेन्नईविरुद्ध सतर्क भएर खेल्नेछ । पहिलो भेटमा चेन्नईले पन्जाबलाई १० विकेटले हराएको थियो ।

प्ले अफ होडबाट बाहिरिसकेको चेन्नईका लागि भने यो खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : १० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय