आईपीएलमा चेन्नई र पञ्जाब भिड्दै, जित्नै पर्ने दबाबमा पञ्जाब « Khabarhub

आईपीएलमा चेन्नई र पञ्जाब भिड्दै, जित्नै पर्ने दबाबमा पञ्जाब


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा किङ्स इलाभेन पन्जाब र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लिग चरणको अन्तिम खेलमा पन्जाब र चेन्नई भिड्न लागेका हुन् । आबुधाबीमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

प्ले अफ दौडमा रहेको पन्जाबलाई आजको खेल जित्नै पर्ने दबाब छ । पञ्जाबलाई आजको खेल जितेर मात्र पुग्ने छैन अरू टिमको रनरेट कम भएमा मात्र उ प्ले अफमा पुग्ने छ ।

केएल राहुलको कप्तानीमा पन्जाब १३ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । चेन्नईलाई हराएमा पन्जाब १४ अंक जोडेर शीर्ष चारमा उक्लनेछ ।

अघिल्लो भेटमा व्यहोरेको हारको कारण पनि पन्जाब चेन्नईविरुद्ध सतर्क भएर खेल्नेछ । पहिलो भेटमा चेन्नईले पन्जाबलाई १० विकेटले हराएको थियो ।

प्ले अफ होडबाट बाहिरिसकेको चेन्नईका लागि भने यो खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : १० बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा