धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन | Khabarhub Khabarhub

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ।

आइतबारको नियमित प्रेस  ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमितसँग धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टीकरण मागिएको समेत उनले जनाए ।

‘सरकारी अस्पतालहरु सबैलाई धरौटी नलिइ कोभिड १९ का बिरामीको उपचार गर्न निर्देशन दिइएकोमा धरौटी सम्बन्धी सूचना निकाल्ने सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्पष्टीकरण सोधिएको जानकारी गराउन चाहन्छु,’ प्रवक्ता डा गौतमले भने, ‘सक्नेलाई शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने हाम्रो पूर्ववत निर्णय यथावत रहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।’

सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैले खर्च गर्ने भनेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिभिल अस्पताल लगायतका सरकारी अस्पतालले समेत कोरोना संक्रमितले अस्पतालमा भर्ना हुनु अगाबै  धरौटी रकम बुझाउनुपर्ने भन्दै सूचना जारी गरेका थिए ।

शुक्रराज अस्पतालले कोरोना संक्रमितको अवस्था अनुसार २० हजार देखि ५० हजारसम्म धरौटी रकम बुझाउनुपर्ने बताएको थियो ।

यस्तै धुलिखेल अस्पताल लगायत केही मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि ५० हजारदेखि २ लाख सम्म धरौटी रकम बुझाएपछि मात्र अस्पतालमा भर्ना गरिने सूचना मार्फत जानकारी गराएका थिए ।

स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण मृत्यु भएकाहरुको विवरण फरक–फरक आएकाले त्यसको विषयमा छानव‍िन गर्न समिति गठन गरेको पनि प्रवक्ता डा गौतमलले जानकारी दिए ।

प्रवक्ता डा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महाशाखाका प्रमुख र सीसीएमसीका चिकित्सकसहित तीन सदस्यीय समिति गठन गरी संक्रमितको मृत्युको विवरणबारे छानविन भइरहेको जानकारी दिए ।

डा गौतमले काठमाडौं उपत्यका लगायतका घना बस्ती कोरोना संक्रमण उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न समेत अनुरोध गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ५ : ०५ बजे

अर्थसंक्षेप : विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण

काठमाडौं– नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण देखिएको छ ।

आरटीजीएसबाट गत वर्ष नेपालमा तीन नील ८३ खर्बभन्दा बढी भुक्तानी

काठमाडौं – गत आर्थिक वर्ष २०८०/०८१ भित्र नेपालमा रियल टाइम

एकै वर्ष छापियो ३५ करोड ३७ लाख थान नयाँ नोट

काठमाडौं – नेपाल राष्ट्र बैंकले एकै वर्ष ३५ करोड ३७

उपनिर्वाचन : मोरङको ग्रामथान गाँउपालिका अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको

ऋणी नभएपछि एकै वर्ष ४६ खर्ब ७३ अर्ब तरलता प्रशोचन

काठमाडौं – आर्थिक शिथिलताका कारण व्यवसायिक मनोबल कमजोर हुँदा ऋणी