राखेप बोर्ड बैठक तिहारपछि बस्ने « Khabarhub

राखेप बोर्ड बैठक तिहारपछि बस्ने


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक तिहारपछि मात्र बस्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि मात्र बोलाउने तयारी गरेको जनाइएको छ ।

मन्त्रिपरिषद्ले राखेप बोर्ड सदस्य नियुक्त गरेपछि मन्त्री विश्वकर्माले दशैं लगत्तै बोर्ड बैठक बोलाउने आश्वासन दिएका थिए ।

परिषद्का अध्यक्ष समेत रहेका मन्त्री विश्वकर्माले बैठक आयोजनाका लागि तयारी नपुगेको भन्दै तिहारपछि मात्र बैठक बोलाउने तयारी गरेका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नुपर्ने उल्लेख छ ।

नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोईराला, सदस्य सचिवमा रमेशकुमार सिलवाल र बोर्ड सदस्यहरु नियुक्त भएका छन् । परिषद्को ३७ जनाको बोर्डमा अझै ओलम्पिक कमिटि, विश्व विद्यालय र उद्योग वाणिज्य महासंघका प्रतिनिधि आउन बाँकी छ ।

परिषद्को पहिलो बोर्ड बैठकले राखेपको कार्यकारी समितिका लागि चार जना सदस्यको नियुक्ति समेत गर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ५९ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ