स्वार्थ र लेनदेनको एकता अर्को सम्झौतापछि मिल्छ : पूर्वमन्त्री बाँस्कोटा « Khabarhub

स्वार्थ र लेनदेनको एकता अर्को सम्झौतापछि मिल्छ : पूर्वमन्त्री बाँस्कोटा


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले पार्टी एकता लेनदेनमा अडेको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले लेनदेन र स्वार्थमा पार्टी एकता अडेको बताएका हुन्।

सिद्धान्त र सङ्गठनात्मक प्रणाली सहितको संकट उत्पन्न नभएकाले अर्को सम्झौतापछि समस्या समाधान हुने उनको तर्क छ ।

‘सिद्धान्त र सङ्गठनात्मक प्रणाली सहितको सङ्कट उत्पन्न भएको भए पो सङ्कट मान्नु’, उनले भनेका छन्, ‘लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भइहाल्छ नि! बेकारको हल्ला।’

यस्तो छ उनको ट्वीट

राजदूत नियुक्ति, मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसहित लाई लिएर नेकपा विवाद पार्टी विभाजनको सँघारसम्म पुगिसकेको छ।

महिनौंसम्म चलेको नेकपाको आन्तरिक किचलो भदौ २६ को स्थायी कमिटीको बैठकपछि साम्य भएको महिना दिन काट्न नपाउँदै नेकपाभित्रको विवाद पुनः उत्कर्षमा पुगेको हो।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ०० बजे

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको