फिलिपिन्समा शक्तिशाली आँधी : ४ को मृत्यु, हजारौं विस्थापित « Khabarhub

फिलिपिन्समा शक्तिशाली आँधी : ४ को मृत्यु, हजारौं विस्थापित


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने हजारौं मानिस विस्थापित भएका छन् ।

आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो । आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ ।

अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् ।

बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ । उक्त सहरमा ७० हजारले बसोबास गर्दै आएका छन् ।

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्याधिक वर्षा भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : २१ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज