रोगप्रतिरोधी क्षमता बढाउन डाबर च्यवनप्रास « Khabarhub

रोगप्रतिरोधी क्षमता बढाउन डाबर च्यवनप्रास


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाडोको समय शुरु भइसकेको छ । चिसो मौसमका कारण अहिले बालबालिकासहित अन्य उमेर समुहका व्यक्तिहरुलाई समेत रुघाखोकी र चिसोका कारण अन्य रोग समेत देखिने समय हो ।

जसको प्रमुख कारणका रुपमा मौसम परिवर्तनलाई लिने गरिएको छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र मौसम परिवर्तनका परिवर्तनका कारणले बालबालिकालाई मौसमी रुघाखोकीको जोखिममा हुने गरेको छ ।

खानेकुराहरु मह, च्यवनप्रासजस्ता प्राकृतिक रोगप्रतिरोधात्मक क्षमता विकासका लागि महत्वपुर्ण मानिएको छ । डावर च्यवनप्रासको नियमित सेवनले बालबालिकाको इम्युनिटी पावर बढाउन महत्वपुर्ण भूमिका रहने विज्ञहरुले बताएका छन् ।

च्यवनप्रासमा विभिन्न ४५ वटा इम्युनिटि पावर बढाउने जडिबुटीहरु मिलाइएको हुन्छ । केसर, मह, दालचिनी, अस्वगन्धा, पिपला र घ्यू लगाएतका ४५ वटा जडिबुटीहरु मिलाइएको हुन्छ ।

के के हुन्छ च्यवनप्रासमा ?

प्राकृतिक उपचार पद्धतिमा अश्वगन्धाले शरीर र मस्तिस्कको विकासमा महत्वपुर्ण भूमिका रहने गरेको छ । डावर च्यवनप्रासमा मिलाइएको केसर स्वास्थ्यका लागि बहुउपयोगी समेत हो ।

शताब्दीदेखिनै एन्टीअक्सिडेण्टका रुपमा परिचित रहेको दालचीनीको सेवनले हाम्रो शरीरलाई आवश्यक हुने पोटासियम, क्याल्सियम र म्याग्नेसियम समेत उपलब्ध हुने हाम्रो प्रकृतिक चिकित्सापद्धतिले पहचिान गरेको विषय हो । च्यवनप्रासमा मिलाइएको यस्ता धेरै जडिबुटीका कारण यसको सेवनले समेत व्यक्तिको इम्युनिटि पावर बढाउन मद्दत गर्छ ।

मह, डाबर च्यवनप्रासमा रहेको एक बस्तु । महलाई शारीरिक विकास र रोगप्रतिरोधी खानेकुराको रुपमा लिइन्छ । थकान, उच्च मानसिक क्षमता विकास र शरीरको तौल सन्तुलनका लागि मह सेवन लाभादायक हुने गरेको छ । च्यवनप्रासको सेवनमा अमला समेत मिलाइएको हुन्छ ।

अमला एन्टी अक्सीडन्टहरूको ठूलो स्रोत हो । जसले प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ । अमला परम्परागत आयुर्वेदिक औषधी जडिबुटी समेत हो । पिप्ला परम्परागत जडिबुटी हो जुन खोकी, चिसो, श्वासप्रश्वासको रोगहरूको उपचारमा प्रयोग गरिन्छ । च्यवनप्रासमा रहेको यष्ठिमधुले खोकीको उपचारमा प्रभावकारी मानिन्छ । यसले प्रतिरक्षा प्रणालीको विकास समेत गर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ११ : ३५ बजे

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला