जाडोयाममा नुहाउँदा ध्यान दिनै पर्ने खास ५ कुरा | Khabarhub Khabarhub

जाडोयाममा नुहाउँदा ध्यान दिनै पर्ने खास ५ कुरा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जाडोमा कसरी नुहाउने ? यो सबैका लागि चिन्ताको विषय हो ।

जाडोमा पानी नै छुन नपरे हुन्थ्यो भन्नेहरु पनि हुन्छन् । तर, जाडोयाममा लगाईने कपडाले अझै धेरै पसिना निकालेको हुन्छ । त्यसैले दिनहुँ नसकेपनि एक दिन बिराएर नुहाउनु पर्छ ।

नियमित शारीरिक अभ्यास गर्नेहरुले कपाल ननुहायता पनि शरीर भने सफा पानीले पखाल्नुपर्छ ।

जाडोमा तातो पानीले नुहाउँदा राम्रो हुने हामीले धेरै सुनेका छौँ । तर के हामीले विचार गरेका छौँ कहिल्यै पनि कपाल तातो पानीले नुहाउनु हुँदैन ।

यदी तातोपानीले कपाल नुहाउने बानी परेको छ भने आजैबाट त्यो बानी हटाउनुहोस् । तातोपानीले कपाललाई निकै रुखो बनाउँछ। कपाल झर्ने टुक्रिने हुन्छ ।

अनुहार र शरीरको छालाको लागि पनि तातो पानी उपयुक्त मानिँदैन । त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन । त्यसैले, नुहाउनका लागि मनतातो पानीको व्यवस्था मिलाउनुपर्छ ।

नुहाउन राखिएको पानीमा केही मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

अझ कतिपय मानिसको बानी हुन्छ कपालमा जे भेट्यो त्यसैको प्रयोग गर्ने । भनाइको तात्पर्य के हो भने कपालको लागि उपयोगी हुने स्याम्पु प्रयोग गर्नुपर्छ ।

चिसो कपाललाई झट्कार्ने वा तौलिया बेरीरहनु हुँदैन । तर याद राख्नुहोस् जाडोबाट बच्न भन्दै कपाल हेयर डायरले सुकाईरहने बानी पनि राम्रो होईन । यसो गर्दा कपाल रुखो हुनसक्छ ।

नुहाइसकेपछि शरीरको हरेक अंगमा तौलियाले राम्ररी पुछ्नुपर्दछ । अनि लोसनको प्रयोग गरी मालिस गर्नुपर्छ । मसाजले रक्तसञ्चार पनि बढाउँछ ।

यस्तो क्रिया जाडोको लागि एकदमै उपयोगी कुरा हो । त्यसपछि सफा कपडा लगाएर केहिबेर शरीरको पछाडी भागमा घाम पारेर न्यानो बनाउन सकिन्छ । अनि घाम ताप्दै नङ सफा गरी काट्न सकिन्छ । कानको फोहोर निकाल्न सकिन्छ ।  तर दिउँसोको घाममा धेरैबेर बस्नु हुँदैन ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : ३९ बजे

एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व

बागलुङमा थपिए ६३१ मतदाता

गलकोट– बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार

किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) छाडेका पूर्वसांसद किसान श्रेष्ठ सोमबार राष्ट्रिय

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि भरतपुर अस्पतालमा तनाव 

चितवन– भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको

पशुपति पुगेर प्रधानमन्त्रीले भनिन्- राजनीतिक भर्ती केन्द्र नबनाउनु

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती