जाडोयाममा नुहाउँदा ध्यान दिनै पर्ने खास ५ कुरा « Khabarhub

जाडोयाममा नुहाउँदा ध्यान दिनै पर्ने खास ५ कुरा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जाडोमा कसरी नुहाउने ? यो सबैका लागि चिन्ताको विषय हो ।

जाडोमा पानी नै छुन नपरे हुन्थ्यो भन्नेहरु पनि हुन्छन् । तर, जाडोयाममा लगाईने कपडाले अझै धेरै पसिना निकालेको हुन्छ । त्यसैले दिनहुँ नसकेपनि एक दिन बिराएर नुहाउनु पर्छ ।

नियमित शारीरिक अभ्यास गर्नेहरुले कपाल ननुहायता पनि शरीर भने सफा पानीले पखाल्नुपर्छ ।

जाडोमा तातो पानीले नुहाउँदा राम्रो हुने हामीले धेरै सुनेका छौँ । तर के हामीले विचार गरेका छौँ कहिल्यै पनि कपाल तातो पानीले नुहाउनु हुँदैन ।

यदी तातोपानीले कपाल नुहाउने बानी परेको छ भने आजैबाट त्यो बानी हटाउनुहोस् । तातोपानीले कपाललाई निकै रुखो बनाउँछ। कपाल झर्ने टुक्रिने हुन्छ ।

अनुहार र शरीरको छालाको लागि पनि तातो पानी उपयुक्त मानिँदैन । त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन । त्यसैले, नुहाउनका लागि मनतातो पानीको व्यवस्था मिलाउनुपर्छ ।

नुहाउन राखिएको पानीमा केही मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

अझ कतिपय मानिसको बानी हुन्छ कपालमा जे भेट्यो त्यसैको प्रयोग गर्ने । भनाइको तात्पर्य के हो भने कपालको लागि उपयोगी हुने स्याम्पु प्रयोग गर्नुपर्छ ।

चिसो कपाललाई झट्कार्ने वा तौलिया बेरीरहनु हुँदैन । तर याद राख्नुहोस् जाडोबाट बच्न भन्दै कपाल हेयर डायरले सुकाईरहने बानी पनि राम्रो होईन । यसो गर्दा कपाल रुखो हुनसक्छ ।

नुहाइसकेपछि शरीरको हरेक अंगमा तौलियाले राम्ररी पुछ्नुपर्दछ । अनि लोसनको प्रयोग गरी मालिस गर्नुपर्छ । मसाजले रक्तसञ्चार पनि बढाउँछ ।

यस्तो क्रिया जाडोको लागि एकदमै उपयोगी कुरा हो । त्यसपछि सफा कपडा लगाएर केहिबेर शरीरको पछाडी भागमा घाम पारेर न्यानो बनाउन सकिन्छ । अनि घाम ताप्दै नङ सफा गरी काट्न सकिन्छ । कानको फोहोर निकाल्न सकिन्छ ।  तर दिउँसोको घाममा धेरैबेर बस्नु हुँदैन ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : ३९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको