खुल्दै एचआइभी सङ्क्रमित | Khabarhub Khabarhub

खुल्दै एचआइभी सङ्क्रमित


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् ।

धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन ।

धौलागिरि अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितहरुको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण सङ्क्रमितहरु खुलेर आउन थालेका हुन् ।

एचआइभी सङ्क्रमितहरु पनि अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमूनाहरु सङ्कलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितहरु खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

“एआरटी सेन्टरले सङ्क्रमित आमाबाट जन्मेका बालवालिकालाई अस्थायी रुपमा पोषण गृहमा राखेर समेत स्यारसुसार गर्दै आइरहेको छ”, आचार्यले भने “सङ्क्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौं ।”

सेन्टरले एचआईभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरु उपलव्ध गराउदै आएको छ ।

सो सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमितहरु ४०७ पुगेका छन् जसमध्ये १६४ ले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।

सेन्टरको तथ्याङक अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दो छ । गोप्यरुपमा परीक्षण तथा परामर्श पाउने भएपछि सङ्क्रमितहरु खुलेर आउन थालेपछि तथ्याङ्कमा वृद्धि भएको छ । वर्षमा २० देखि २५ जना सङ्क्रमित थपिनुले उनीहर विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. रविनबाबु पौडेलले बताए । जिल्लामा हालसम्म ६४ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

हाल उक्त सेन्टरलाई धौलागिरि पोजेटीभ समूह तथा एड्स हेल्थ केयर फाउण्डेशन तथा स्थानीय तहले आर्थिक सहयोग गर्दै आइरहेका छन् । सेन्टरमा खुलेका सङ्क्रमितलाई गोप्यरुपमा परामर्श, औषधि तथा अन्य सेवा प्रदान दिएपछि सङ्क्रमितहरु खुल्न थालेको एड्स हेल्थ केयर फाउण्डेशनका प्रतिनिधि सुषमा क्षेत्रीले जानकारी दिए । नेपालमा सङ्क्रमितको सङख्या ३१ हजार २० रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : १४ बजे

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

काठमाडौं – नेपाल र भारतको सीमा सुरक्षासम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न

नेपाल-भारत सम्बन्ध : ५ प्राथमकिता

भारतमा म राजदूतका रुपमा दुई वर्ष चार महिना बसें ।

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)

आजका समाचार : शोकबिदाले विवादमा सरकार, मन्त्री फेर्ने तयारीमा ओली-देउवा र अमेरिकी निर्णयले विश्वभर तरंग

राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय मन्त्रिपरिषद