‘सुरक्षा थ्रेट’ हुनेभन्दै बालुवाटारमै सारियो नेकपाको सचिवालय बैठक « Khabarhub

‘सुरक्षा थ्रेट’ हुनेभन्दै बालुवाटारमै सारियो नेकपाको सचिवालय बैठक


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको हो ।

आन्तरिक सुरक्षाको कारण देखाउँदै बैठक बालुवाटार मै बोलाइएको एक नेताले बताए । अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमै बस्ने जानकारी गराएका थिए ।

यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि बालुवाटारबाट सुरक्षाको कारण देखाइ बालुवाटारमै बैठक बस्न भनिएको जनाएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको हो ।

नेताहरुले भने पार्टी कार्यालय, धुम्बाराहीमा बैठक बस्दा कुनै सुरक्षा थ्रेट नहुने बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ४४ बजे

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा