थाहा पाउनोस् अन्तिम संस्कारमा शवको टाउकोमा हान्नुको रहस्य « Khabarhub

थाहा पाउनोस् अन्तिम संस्कारमा शवको टाउकोमा हान्नुको रहस्य


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक धर्मको आ-आफ्नै रीतीरिवाज हुने गर्दछ ।

हिन्दू धर्म शास्त्रका अनुसार कसैको मृत्यु भएपछि अन्तिम संस्कार गरिन्छ । तर, आज हामी हिन्दू धर्मसँग जोडिएको अनौठो जानकारी दिँदैछौँ।

पुराण आदी विभिन्न धार्मिक ग्रन्थका अनुसार मरेपछि मानिसको षेडसंस्कार मध्यको अन्तिम संस्कार गर्ने गरिन्छ । किनभने त्यसको प्रभाव अर्को जन्ममा पर्ने गर्दछ ।

त्यसैले अन्तिम संसकारमा बिना कुनै गल्ती वा त्रुटी सम्पन्न गर्नुपर्दछ भन्ने मान्यता रहेको छ । अन्तिम संस्कारमा एउटा महत्वपूर्ण क्रिया पनि गरिन्छ । त्यो हो कपाल क्रिया ।

कपाल क्रिया बिना हिन्दू धर्मका अनुसार अन्तिम संस्कार पूरा हुँदैन । यो क्रिया हेर्नेहरुको मन दुख्छ । तर, गरुड पुराणका अनुसार सैलाई मुखाग्नी दिइन्छ, त्यो बेला धेरै घ्यु शवको मुखमा हाल्ने गरिन्छ । किनभने उसको शिर राम्रोसँग जलोस् ।

सबै जलिसकेपछि मात्र शवको शिरमा लौरोले हान्ने गरिन्छ । यसैलाई नै कपाल क्रिया भन्ने गरिएको छ ।

शिरमा हान्नुको पहिलो कारण- यदि शिरमा लौरेले चुटेन भने पूरा शिर जल्दैन । अर्को कारण  भनेको बिना कपाल क्रिया अन्तिम संस्कार कहिल्यै पूरा हुँदैन ।

दोश्रो कारण धार्मिक मान्यताका अनुसार सांसारिक बन्धनबाट मुक्ती गरेर उसलाई मोक्ष प्राप्ती गराउनु हो ।

कपाल क्रियापछि मात्र एक मृत व्यक्तिको आत्मालाई मोक्ष मिल्ने धर्मशास्त्रहरुमा उल्लेख छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : १५ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष