कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना « Khabarhub

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जा ले शिष्टाचार भेट गरेकी छन्। मन्त्री गौतमको कार्यकक्ष सिंहदरबारमा शुक्रबार भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै फ्रान्स सरकारको तर्फबाट मानवीय सहायता प्रदान गरिएको जानकारी दिइन् ।

राजदूत इन्जाले यस्तो विकराल प्राकृतिक विपद्ले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको क्रूर रूप पुनः स्मरण गराएको बताउँदै जलवायु परिवर्तनको असर जुनसुकै समय र स्थानमा देखिन सक्ने उल्लेख गरिन्। उनले कानुनको राज्य र बहुपक्षीयतामा विश्वास गर्ने राष्ट्रहरूले आफ्ना अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न गम्भीर हुनुपर्नेमा जोड दिइन्।

भेटका अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानुनी सहायताको केन्द्रिय निकाय भएकाले यससम्बन्धी द्विपक्षीय समझदारी प्रक्रियालाई चाँडो टुंगोमा पुर्‍याउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो।

त्यस्तै, नेपाल सरकारले नेपाली आकाशलाई सुरक्षित बनाउन हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई छुट्टाछुट्टै संरचना बनाउने गरी संसद्मा विधेयक दर्ता गरेको विषयमा पनि कुराकानी भयो। राजदूत इन्जाले यस कदममार्फत नेपाल युरोपेली युनियनको हवाई सुरक्षाको कालोसूचीबाट बाहिरिनका लागि भइरहेको प्रयासको प्रशंसा गरिन्।

बैठकमा दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटका अवसरमा कानुन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ८ : ०२ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका