२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

कुन जिल्लामा कति थपिए ?

 मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१ र सुनसरीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को धुनषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिरहामा ५ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा ८५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासी पूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, वागलुङमा १३ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा १४, प्यूठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ४५ जना कोरोना संक्रमित थपिएका छन।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ र बैतडीमा १८ कोरोनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : २० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको