हत्या अभियोगमा फरार तीन अभियुक्त १८ वर्षपछि पक्राउ « Khabarhub

हत्या अभियोगमा फरार तीन अभियुक्त १८ वर्षपछि पक्राउ


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय लमजुङले हत्या अभियोगमा फरार रहेका तीन अभियुक्तहरुलाई १८ वर्षपछी पक्राउ गरेको छ ।

उनीहरुलाई मंगलवार पक्राउ गरि सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका-५ बस्ने ४१ वर्षिय मन बहादुर गुरुङ, सोहि स्थानका २४ वर्षिय धनराज गुरुङ र ४५ वर्षिय मिरु भन्ने धन बहादुर गुरुङ रहेका छन् ।

पक्राउ परेका उनिहरुले २०५९ साल असोज ३० गते बडा दसैँको दिन साबिक जिल्ला लमजुङ कोल्की गाविस– ३ हाल दूधपोखरी गाउँपालिका– ५ स्थित श्री हिमालय माध्यमिक विद्यालयको चौरमा सोहि स्थानका २८ वर्षिय भीम बहादुर गुरुङलाई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरि फरार भएका थिए ।

उक्त घटना पश्चात फरार रहेका उनिहरुलाई विशेष सुचनाको आधारमा १८ वर्षपछी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : ३७ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम