राजतन्त्र फर्किन्छ भन्ने सोँच नराखे हुन्छ : प्रवक्ता श्रेष्ठ « Khabarhub

राजतन्त्र फर्किन्छ भन्ने सोँच नराखे हुन्छ : प्रवक्ता श्रेष्ठ


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘प्रतिगमनको सफलता’ प्राप्त गर्ने सोच नराख्न चेतावनी दिएका छन् ।

देशका विभिन्न शहरमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै भएका प्रदर्शनको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले जनताद्वारा विस्थापित शक्तिहरु पुनःस्थापित हुन नसक्ने बताए ।

‘प्रतिगामी शक्तिहरुले नेपालमा फेरि पनि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ,’ मंगलबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा भएको छलफलबारे जानकारी दिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले लोकतान्त्रिक अभ्यासका क्रममा केही कमि–कमजोरी भएका छन् भने त्यसको समीक्षा गरेर अगाडि बढ्न सकिने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : २० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा