एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको सरकारको दावी « Khabarhub

एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको सरकारको दावी


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेका छन् ।

३३औँ विश्व एड्स दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ भएजस्तै सन् १९९० को दशकमा महामारीको रुपमा देखिएको एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेका हुन् ।

उनका अनुसार नेपालले नयाँ सङ्क्रमण दर सन् २०१० देखि २०१९ सम्म ६४ प्रतिशतले घटाएको छ । सोही समयमा विश्वमा यसको दर २३ प्रतिशतले घटेको छ । यस्तै नेपालमा एड्सको कारणले हुने मृत्युदर पनि ८५ प्रतिशत र विश्वमा ३९ प्रतिशतले घटेको छ । उनले कोभिड–१९ ले एचआइभी सङ्क्रमित र एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा अझ अप्ठ्यारो र चुनौतीसमेत भएको बताए ।

सरकार विभिन्न साझेदार संस्था र नागरिक समाज सबैको सक्रियतामा कोभिड–१९ को विषम परिस्थितिमा पनि एचआइभी सङ्क्रमितलाई एआरभी औाषधि उचित र निरन्तर वितरण गरिएको बताए । सन्देशमा उनले सरकारको राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६–२०२१ अनुसार ९० प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतमा औषधि उपचारको पहुँच हुने र औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य प्राप्तिका लागि एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको बताए ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धताका साथ योजनाबद्ध रुपमा काम भइरहेकोसमेत उनले जानकारी दिए ।  आज विश्वभरि ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : ४८ बजे

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी

पाल्पा–१ मा कांग्रेस-एमालेबीच कडा टक्कर, रास्वपा तेस्रो स्थानमा

पाल्पा– पाल्पा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले ३१ वर्षपछि प्रतिस्पर्धात्मक

नवलपुर–२ मा रास्वपाका खनाल विजयी

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय

कैलाली–२ मा रास्वपाका खनाल अग्रस्थानमा

कैलाली– कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पाँच वर्षलाई बन्द हुँदै कम्युनिस्ट नामका यी साना दोकान

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले कम्युनिष्ट नामधारी