ओलीले बैठक रोकेर सहमति खोज्नुपर्छ भनेपछि दुई अध्यक्षबीच भनाभन ! « Khabarhub

ओलीले बैठक रोकेर सहमति खोज्नुपर्छ भनेपछि दुई अध्यक्षबीच भनाभन !


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार पनि भनाभनको भएको छ ।

बैठकको सुरुमै ओलीले प्रतिवेदनमाथि बहस र छलफल हुन नसक्ने भनेपछि प्रचण्डले त्यसको प्रतिवाद गरेका थिए । आफ्नो मन्तव्यका क्रममा पनि ओलीले प्रचण्डमाथि ‘शब्दवाण’ले घोचपेच गरेको एक सचिवालय सदस्यले बताए ।

ओलीले बैठकमा आरोपपत्रका रुपमा आएको प्रस्तावमाथि छलफल हुन नसक्ने बताएका थिए । प्रचण्डले बैठकमा ‘छलफल हुन सक्ने वा नसक्ने भन्ने तपाइँ को हो ?’ भनेर प्रश्न गरेका थिए । सचिवालयका अधिकांश सदस्यले छलफल हुनुपर्ने भनेपछि ओलीले थप ‘घोचपेच’ गरेका थिए ।

त्यस्तै, ओलीले बैठकबाहिरबाट सहमति खोज्नुपर्ने भन्दै बैठक नै आवश्यक नरहेको धारणा राखेका थिए । उनले प्रचण्डको प्रस्तावका कारण थप समस्या भएको आरोप लगाउँदै बाहिरबाटै सहमति खोज्नुपर्ने बताए थिए । ओलीको यस्तो भनाइ बैठक छल्ने ‘प्रपञ्च’ भएको भन्दै अन्य सदस्यहरुले विरोध जनाएका थिए ।

ओलीले ‘प्रचण्ड’को प्रस्ताव फिर्ता हुनुपर्ने र माफी माग्नुपर्ने भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति वरिष्ठ नेता माधव नेपालले आपत्ति जनाएका थिए ।

बैठकमा नेता नेपालले पार्टी एकता ओली र प्रचण्डको मात्रै नभएकाले प्रचण्डद्वारा पेश गरिएको प्रस्तावमाथि छलफल हुनुपर्ने माग गरेका थिए।

ओलीले बैठकबाहिरबाट समस्याको समाधान गर्ने बताएपछि प्रचण्डले प्रतिवाद गरेका थिए । प्रचण्डले बैठक कसैले छल्न नमिल्ने र बैठकबाट निस्किने निचोड सबैले मान्नुपर्ने बताएपछि दुई अधयक्षबीच भनाभनको अवस्था सिर्जना भएको थियो ।

ओलीले बैठकबाहिरबाट सहमति खोज्नुपर्ने भनेर राखेको प्रस्तावमा महासचिव विष्णु पौडेललेमात्रै समर्थन गरेका थिए ।

प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि नेकपाभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको थियो ।ओलीले पनि प्रचण्डको काउन्टरमा प्रतिवेदन ल्याएपछि पार्टीभित्रको विवाद र नेतृत्वतहको विवाद थप उत्कर्षमा पुगेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको र औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताए ।

उनका अनुसार बैठकमा प्रचण्ड र ओलीले आ-आफ्ना धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिवद्धता जनाएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’का प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ ।

अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रस्ताव पेश गरेका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

सचिवालयको अर्को बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित भएको छ ।

यो पनि पढौं

नेकपा बैठक : अध्यक्षद्वयका ‘प्रस्ताव’माथि छलफल प्रारम्भ

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ३७ बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको