नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध « Khabarhub

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ‘एन ट्याग’को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।

‘एन ट्याग’ एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ । अर्थत, ‘एन ट्याग’को स्टिकर सवारिमा टासेपछि ल्–त्बन बाट आफैँ रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ ।

ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा ‘एन ट्याग’ प्राप्त गर्न सक्नेछन् । साथै, ‘एन ट्याग’ सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन ‘एन ट्याग’ दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।

डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीहरूलाई ‘टोलमा नरोकी, समय बचाई र थप सहज यात्रा गर्न’ कुमारी बैंकबाट आजै ‘एन ट्याग’ जडान गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ७ : ०१ बजे

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

बागलुङ– धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८

गण्डकी परिक्रमा महोत्सव आजदेखि

दमौली– प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध

काठमाडौं- कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

सचिव साइमनले भने- जलवायु परिवर्तनविरुद्धको सङ्घर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१