नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट | Khabarhub Khabarhub

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने दाबी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाको दिपायलमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जुनसुकै शक्ति लागे पनि नेकपा नफुट्ने बरु थप मजबुत भएर जाने बताए ।

उनले भने, “अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बरु थप सशक्त तथा एक ढिक्का भएर जानेछ ।”

मुख्मन्त्री भट्टले पार्टीमा बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत रहेको उल्लेख गर्दै प्रतिपक्ष तथा सरकार ढलाउन खोज्ने कुतत्वले अहिले सरकार फेरबदेल हुने तथा कम्युनिष्टको एकता टुट्दै छ भन्ने हल्ला फिजाएको र त्यसता हल्लाका पछि नलाग्नसमेत सबैमा आग्रह गरे ।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसङ्घीय सांसद हर्कबहादुर सिंहले कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेकाले त्यो षड्यन्त्र कुनै पनि हालतमा सफल नहुने दाबी गरे ।

उनले भने, “नेकपाको सरकारले गरेको विकासका काम सहन नसकेर पार्टी एकता विभाजन गराउन खोज्नेले षड्यन्त्र गरेका छन्, त्यस्ता योजना कुनै पनि हालतमा सफल हुने छैनन् ।”

प्रदेश सभा सदस्य पूर्ण जोशीले वर्तमान सरकार पाँच वर्षका लागि चुनिएको सरकार भएकाले यो सरकार ढल्ने तथा कम्युनिष्ट फुट्ने कुनै सम्भावना नरहेको बताए ।

उनले भने, “कम्युनिष्ट सरकार पाँच वर्ष चल्छ, पार्टी फुट्ने भन्ने कुनै सम्भावना छैन, हामी जनताका चाहनाअनुसार विकास गर्न चुनिएका हौँ, हामीले काम गर्नुपर्छ तोडफोडतिर लाग्ने होइन ।”

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ५८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु