ट्रम्पका विशेष सल्लाहकार डा एटलसले दिए राजीनामा « Khabarhub

ट्रम्पका विशेष सल्लाहकार डा एटलसले दिए राजीनामा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकार डा स्कट एटलसले राजीनामा दिएका छन्।

ट्रम्पलाई धन्यवाद ज्ञापन गर्दै उनले राजीनामा दिएर आफ्नो ४ महिने कार्यकाल टुंग्याएका हुन्।

राजीनामामा उनले भनेका छन्, ‘मैले सधैं विज्ञान र प्रमाणको विश्वास गरेँ, कुनै राजनीतिक कारणबाट म प्रभावित बनिनँ।’

आफ्नो चार महिने कार्यकालमा डाक्टर एटलसले कोरोना भाइरस नियन्त्रण गर्न मास्क लगाउन आवश्यक छ र ? भन्ने विषयमा प्रश्न उठाउँदै आएका थिए।

कोरोना भाइरस टास्क फोर्सका अन्य सदस्यसँग पनि एटलस कैयौँ पटक विवाद गरेर चर्चामा आएका थिए।

स्ट्यानफोर्ड विश्वविद्यालयका ह्युवर इन्स्टिट्युसनका वरिष्ठ फेलो तथा रेडियोलोजिस्ट रहेका एटलस गत अगस्टमा कोरोना टास्क फोर्समा सहभागी थिए।

उनी मास्कविरोधी रहनुका साथै कोरोना नियन्त्रणका लागि लकडाउन नै गर्नुपर्छ भन्नेमा विषयमा विमति जनाउँदै आएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : १० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर